जिवन अनि मरणको अर्थ राम्रोसँग थाहा छ, सहि के हो गलत के हो थाहा छ, आमा बुवाले दिएको संस्कार बुझेको सन्तान हुँ , दुर्व्यसन के हो कुलत के हो थाहा छ ,
नशा सेवन गर्दिन अब जिवन मशान घाटमा पुग्छ, समाजले घृणा गर्छ आफन्तले वेवास्ता गर्छन जिवन खरानीमा मिसिन्छ अस्ति के थिए हिजो आज के छ सपना साकार पार्न भोलि के बन्ने छ, नशा सेवनले भएको अस्तित्व पनि विलय भएर जान्छ, सुमार्गमा हिन्छु दुर्व्यसनमा लाँग्दिन थाहा छ सु-सन्देश दिई समाज सुधार्नु छ, अमुल्य जिवन श्रृङ्गार गरी खुशी ल्याउनु छ, समाजको अगाडी ठाडो शिर पारी हाँशी खुशी बाँच्नुपर्छ |
नशा सेवन जिवनको ठुलो शत्रु हो यसले पुरै जिवनलाई खरानी बनाउछ जिवन अस्तव्यस्त बनाउछ मसँग चेतना छ म सबै कुरा बुझ्छु दुर्व्यसनले निम्त्याएका घटना देख्छु सुन्छु यि तमाम कुराहरु बुझेको, देखेको छु तर मैले व्यवहार परिवर्तन गर्न किन पछाडी छु यसको कारण हो संसारमा थुप्रै कुराको विकासको पछाडी महत्वपुर्ण कुरा को चेतनाको विकास चेतनाको विकास नै संसारको सर्वश्रेष्ठ विकास हो चेतनाको विकास सबैभन्दा अग्रणी स्थानमा हुन्छ हामीले प्राप्त गर्ने सकरात्मक ज्ञान जिवनको भरपर्दो हतियार हो, अब जिवनलाई बदल्नु छ हिजो अस्तिको विगतले पोलिरहने पिडा ठिक गर्नुपर्छ चेतनालाई अझै त्यो मार्गमा पुर्याउनुछ जहाँ बाट समाज र म आफुलाई एउटा सफा ऐना जस्तै हुन पाँउ ।
जयन्त भाट (बैतडी)