टीकापुर- कैलालीको टीकापुरस्थित एल.एल. मेडिकलमा सुई लगाएको केहीबेरमै एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा उपचारका लागि आएकी जोशीपुर गाउँपालिका–१ की ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले दिएको जानकारी अनुसार टाइफाइडको उपचारका लागि आएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको थियो । मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको डिएसपी अधिकारीले बताए । ‘हामीले हिजो साँझ नै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं,’ डिएसपी अधिकारीले भने, ‘उपचारका लागि हिंडेर आएकी सञ्चुरियाको सुई लगाए लगत्तै ज्यान गएको थियो ।