डडेलधुराका बेपत्ता व्यापारीको महाकाली किनारमा पर्यो शव फेला

डडेलधुरा - डडेल्धुराको परशुराम नगरपालका ५ परिगाउबाटँ सोमबार देखि बेपत्ता रहेका ५३ वर्षिय व्यावसायी खेमसिहं प्वाली मृत फेला परेका छन् । भागेश्वर २ रुपाल पुर्खयौली घर भएका प्वाली सोमबार देखि बेपत्ता रहेका थिए ।

प्वालीको ईलाका प्रहरी कार्यलय जोगबुढाको टोली तथा सशस्त्र प्रहरीको टोलीले खोजिकार्य जारी राखेको थियो ।खोज्दै जादा बुधबार प्वाली परशुराम ६ कराली नजिकै महाकाली नदिको किनारमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाका ईन्चार्ज सुरज रोकायाले आभाष डटकमलाई बताए ।

खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा र मोबाइल परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो ।बुधबार महाकाली नदिमा मृतक फेला परेका प्वालीको मृत्यु बारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ad_wide