डडेल्धुरा-डडेल्धुराबाट ५० हजार बढीका अबैध सामान बरामद गरिएको छ।
जिल्लाको पर्शुराम नगरपालिका–५ परिगाउबाट अबैध सामान बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ। करिब ५४ हजार ३८० मुल्यको प्याज, चिनी, जिरा, सुजी, मटर, चना, खानेतेल, चियापत्ति, चिया मसला लगायतका सामान इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा नियन्त्रणमा लिएको हो।