बैतडी - अहिले सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा जात्राको रौनक छाइरहेको छ।
दशैं तिहारको अवसरसँगै सुदूरपश्चिमका विभिन्न शक्तिपीठहरूमा जात्राको रौनकता छाइरहेको हो। तस्तै आज बैतडीको डिलासैनी गाउँपालिका वडा नं ७ मा रहेको प्रसिद्ध मन्दिर कर्णकेदारमा रात्रिकालीन जात्रा लाग्ने भएको छ। दशैंको फूलपाती अर्थात् सप्तमीको दिन लाग्ने पूजन जात्रा विशेष कारणवश आज अर्थात् कात्तिक शुक्ल सप्तमीका दिन लाग्ने भएको कर्णकेदार मन्दिर ब्याबस्थापन समिति अध्यक्ष तरादत्त जोशीले बताएका छन् ।
आज लाग्ने जात्रामा जाँड रक्सी पूर्णरूपमा प्रतिबन्ध गरिएको र कसैले नियमको उल्लङ्घन गरेमा कानुनबमोजिम कारबाही हुने समेत व्यवस्थापन समितिले जनाएको छ। साथै जात्रामा उपस्थित भएर सभ्य तथा भव्य तरिकाले दर्शन गर्न समेत व्यवस्थापन समितिले अनुरोध गरेको छ।