डिलासैनीको प्रमुख धार्मिक स्थल कर्णकेदारको रात्रिकालीन जात्रा सम्पन्न 

बैतडी -   बैतडीको डिलासैनी गाउँपालिका वडा नं ७ मा रहेको प्रसिद्ध मन्दिर कर्णकेदारमा रात्रिकालीन जात्रा सम्पन्न भएको छ ।

दशैंको फूलपाती अर्थात् सप्तमीको दिन लाग्ने पूजन जात्रा विशेष कारणवश हिजो राती  अर्थात् कात्तिक शुक्ल सप्तमीका दिन लागेको थियो । हिजो रतिको जात्रामा सुदूरपश्चिम लगायत विभिन्न क्षेत्रका भक्तजनहरूको ठूलो घुइँचो रहेको थियो । जात्रामा इलाका प्रहरी कार्यालय सिमारले सुरक्षा व्यवस्था मिलाएको थियो भने विभिन्न क्षेत्रको ठूलो प्रयास पछि मात्रै जात्रा सवार्धपूर्ण वातावरणमा सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

जात्रालाई शान्त वातावरणमा सम्पन्न गरिदिनु हुने सम्पूर्ण दर्शनार्थी भक्तजन तथा विभिन्न निकायका व्यक्तित्वहरुलाई धन्यवादका साथै आगामी दिनमा समेत साथ सहयोगको आशा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामदत्त जोशीले आशय व्यक्त गरेका छन्। जात्रामा ढिलासनीका विभिन्न क्षेत्रका दमाहाबाजा सहितका जात्रा र छिमेकी गाउँपालिका दोगडाकेदार गाउँपालिकाका दर्शनार्थीसँगै जात्रासमेत उपस्थित रहेको थियो।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM