बिहिबार, जेष्ठ ८, २०८२

डिल्ली राज जोशी र पदम राज जोशी को डेउडा गित सार्बजनिक भएको छ ।

सनराईज टिभी न्युज/धनगढी – डोटि जिल्ला के.आई.सिंह गाउँपालिका ०६ फलेडिमा जन्मनु भएका गायक डिल्ली राज जोशी र पदम राज जोशीको “के आई सिंह घुमिजा” नामक डेउडा गीत गत चैत्र १५ गतेका दिन,Shree Mashta Music Pvt.Ltd बाट बजारमा आएको हो । ” के.आई.सिंह घुमिजा (मेरा गाउँ मष्टाकी जांत) नामक उक्त गितमा के.आई. सिंह गाउँपालिका र प्रशिद्ध फलेडी मष्टाको जांत, फलेडिको चेटेदाईनु , मष्टा माणु , जिजिकोट जस्ता शब्दहरु समाबेश गरिएका छन।

डिल्लीराज जोशी र पदमराज जोशीको शब्द, राजेन्द्र शाह बी.पी.को लय रहेको गीतमा डिल्लीराज जोशी र गौरी भट्टको आवाज रहेको छ।
प्रसारण भएको थोरै अवधिमा अत्याधिक रुपमा टिकटकमा र रिलमा गीत छाइएको छ। उक्त डेउडा गीतमा मोडलको रुपमा स्वयम् डिल्लीराज जोशी र मनिषा रावलले गरेका छन।

मातृभूमिप्रति समर्पित डेउडा गीतलाई हेरेर प्रतिक्रिया दिनुहुन मेरा भगवान रूपी दर्शकहरूलाई विनम्र अनुरोध गर्छु भन्दै गायक,सर्जक डिल्लीराज जोशीले आग्रह गरेका छन् ।

ad_wide