डेनमार्क लैजान्छु भन्दै बागलुङका दिपक कडेल ६ लाख खाएर ६ महिना देखी फरार

धनगढी - वैदेशिक रोजगारका लागि डेनमार्क लैजान्छु भन्दै ठगी गर्ने बाग्लुङ स्थायी घर भएका दिपक कडेल बिगत ६महिना देखी फरार भएका छन ।

धनगढी कैलालीमा आएर वैदेशिक रोजगारीका लागि चारजना युवाहरु बाट रू ६ लाख नगद सहित दुई वटा पासपोर्ट लगेर गत २०८१ साउन महिना बाट कँडेल फरार रहेका छन ।

 विगत १४-१५ वर्षबाट मेनपावरमा आवद्ध रहेको भन्दै, उनले धनगढीमा बसेर युवाहरूलाई फसाउने गरेको खुल्न आएको छ। हालको ठेगाना भरतपुर महानगरपालिका ११ माछापुच्छ्रे टोल बताउने कडेलले पीडित एक युवकको पसलमा आएर घरीघरी वैदेशिक रोजगारीको प्रलोभन देखाई ३ महिना भित्र डकुमेन्ट तयार गरि डेनमार्क  उडाउने झुठो प्रलोभन देखाए पछि युवकले आफ्ना ३ जना साथीहरू लाई समेत जाने सल्लाह गरेका थिए।

युवाहरूसँग सल्लाह भइसकेपछि पैसा हात नपर्ने बेला सम्म ५ वटा फरकफरक मोबाइल नम्बर  बाट फोनसम्पर्क गर्ने कँडेलले श्रीमती बताउने तारा सापकोटा कडेलको नाममा रहेको नेपाल इन्भेष्टमेन्ट  बैंकको खाता नं. 27405420250542  मा बैंक भुक्तानी र अनलाइन भुक्तानी गरेर करिव ६ लाख नगद पठाएको पीडितहरुले सनराइज टेलिभिजनलाई बताएका छन। कारोबार पछि साउन महिनामा आमा बित्नुभयो भनेर फोनकल गरेका कडेल यतिबेला सम्म सम्पर्क बिहिन छन।

 उनले धनगढीमा युवाहरूलाई फसाउँदा विभिन्न समयमा नम्बर परिवर्तन गरिरहने गरेको पाइएको छ । हामीसँग कुरा गर्दै युवकहरूले यी पाँचवटा सम्पर्क नम्बरहरू हामीलाई उपलब्ध गराएका छन् । ९८५८०६८७४८,९७०६९५७४८१, ९८५१३५३०४९, ९७६९२२१५१९, ९८५८४८७२७० नम्बरहरु बाट फोन गरिरहने गर्थे । तर ६ लाख रुपैयाँ हात पारिसकेपछि अहिले उनका यी पाँचवटा नम्बरमध्ये कुनै पनि नम्बरमा फोन नलाग्ने गरेको पीडितहरू बताउँछन् । पीडितहरुका अनुसार कडेल आवद्ध मेनपावर लाई सोधपुछ गर्दा त्यहाँको कर्मचारी वा संचालक कुनै पनि नभएको र नचिन्ने बताएका छन । फरार दिपक कडेललाई कहिँ कसैले फेला पारे यथाशीघ्र सम्पर्कमा ल्याईदिन पीडितहरुले आग्रह गरेका छन ।

ad_wide