बिहिबार, जेष्ठ ८, २०८२

डोटीमा एक महिला मृत फेला

धनगढी –डोटीमा एक महिला मृत फेला परेकी छन् । दिपायल सिलगढी नगरपालिका–७ पाकरीकी अन्दाजी ४८ वर्षीया चन्द्रा बिष्ट मृत फेला परेकी हुन् ।

शनिवार बिहान करीव ११ बजेतिर घरबाट घाँस काट्न निस्केकी चन्द्रा साँझ ७ बजेसम्म पनि घर नआएपछि आफन्तहरुले खोजी गर्न सुरु गरेका थिए । कहीँकतै भेटाउन नसकेपछि राती ९ बजे प्रहरीलाइ खवर गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज्दै जाँदा घरबाट करीव आधा घण्टाको दुरीमा रहेको जंगलमा उनको शव घोप्टो परेको अवस्थामा भेटिएको उनका आफन्त हिक्मतवहादुर बिष्टले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ad_wide