प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको एक्काइसौं अडिसन आज धनगढी त्रिनगर मा.वि. मा भएको छ ।
उक्त अडिसनमा गायन तर्फ ७ र नृत्य तर्फ २ जना विद्यार्थीहरुले भाग लिएका थिए । कार्यक्रममा बोल्दै विद्यालयका सहायक प्राचार्य हेमराज जोशीले विद्यालयमा हरेक विद्यार्थीका फरक प्रतिभालाई सम्मान गर्नुपर्ने बताए । यसरी नै उक्त विद्यालयका मा.वि. ईन्चार्ज तीर्थराज फुलाराले यस्ता प्रकारका कार्यक्रमको निरन्तरताको मामना व्यक्त गरे ।
यसै गरि प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई कक्षा ११-१२ तर्फका इन्चार्ज डम्मर गडसिला, अ.क्रि। संयोजक तेजेन्द्र चलाउने र नि.मा.वि. इन्चार्ज लक्ष्मी पाण्डेयले छात्रवृत्ति कुपन वितरण गरेका थिए ।
गत तीन संस्करणको भव्य सफलतापछि सुरुभएको एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । यस सालको साउन देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुँदैछन्, जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८२ बैशाखमा हुने सेमिफाइनलमा प्रवेश पाउनेछन् भने सेमिफाइनलमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५-१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् ।
फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता छनोट गरिनेछ । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु. ७५-७५ हजार र रु. ३०-३० हजार नगद सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले पनि कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।