धनगढी– कैलालीको भन्सारमा रहेको त्रिनगर प्रहरीले ३६ हजार बराबरको सुर्तिजन्य सामान बरामद गरि नष्ट गरिएको छ ।
नाकाबाट ल्याउँदै गरेका सुर्तिजन्य पदार्थहरु बरामद गरि सरोकारवालाहरुको रोहबरमा मंगलबार नष्ट गरिएको हो । त्रिनगर प्रहरी चौकीले स्थानीय जनप्रतिनिधि, बुद्धिजिवि, स्थानीयको रोहबरमा विभिन्न मितिमा बरामद गरेका सामाग्री नष्ट गरेको जनाएको छ । प्रहरी चौकीले ५० प्याकेट विडी, २०÷२० प्याकेट सिस्टम गुटखा तथा अन्टी, ३० प्याकेट किसोर, सुर्ति १० प्याकेटर झिलि कालो ५ किलो बरामद गरेको थियो ।
सामान नष्टमा सहभागि वडा सदस्य केशव पन्तले अवैध सामान आयात रोक्नमा प्रहरीले सक्रियता देखाउनुपर्ने बताए ।