त्रिभुवन विश्वविद्यालय टप गर्ने धरणीधरलाई (के एम सी) ले सम्मान गर्दे

धनगढी - कैलाली बहुमुखी क्याम्पसको स्नातक तह व्यवस्थापन संकायतर्फ बीबीएम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय टप गर्ने विद्यार्थी धरणीधर भट्टलाई क्याम्पसले मङ्सिर १२ गते सम्मान गर्ने भएको छ।

आज सोमबार क्याम्पसले एक सूचना निकाल्दै उक्त कुराको जानकारी गराएको गराईएको छ । २०८१ सालमा त्रिभुवन विश्वविद्यालय टप गर्ने मेधावी विद्यार्थी धरणीधर भट्टलाई क्याम्पसले मङ्सिर १२ गते का दिन एक कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागेको क्याम्पस प्रमुख तोयराज भट्टको हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

धरणीधर भट्ट सुरुदेखि नै विश्वविद्यालय टप गर्दै आएका थिए। अन्तिम नतिजामा पनि भट्टले उत्कृष्ट नतिजा ल्याउँदै विश्वविद्यालय नै टप गरेका हुन् ।

ad_wide