बुधबार, जेष्ठ १, २०८२

त्रियुगा नदीको बाढीले बगायो बस

काठमाडौँ – उदयपुरको त्रियुगा खोलामा बस पल्टिएको छ।

चौदण्डीगढी नगरपालिका – ५ मा सोमबार राति डाइभर्सन हुँदै खोला तर्नेक्रममा बस फसेको थियो।

मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले पल्‍टाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदार माङडोङले जानकारी दिए। बसलाई बाढीले फसेको ठाउँबाट केही पर पुर्‍याएको थियो। उनका अनुसार बसमा चालक र सहचालक मात्रै थिए। उनीहरू बस फसेपछि निस्किएका थिए। नजिकै रहेको पुल भत्किएको हुँदा त्यहाँ डाइभर्जन बनाइएको थियो।

ad_wide