दशरथ भिम पार्कमा स्वर्गिय राजा रानीको शालिक निर्माण गर्न राप्रपा युवा संगठनको माग

धनगढी– राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रीक युवा संगठन कैलालीले धनगढी उपमहानगरपालिकाको मुख्य बजारमा रहेको दशरथ भिम पार्कमा स्वर्गिय राजा–रानीको शालिक निर्माण गर्न माग गरेको छ ।

केही दिन अघि उपमहानगरपालिकालाई ध्यानाकर्षण सहितको पत्र बुझाउँदै नगरभित्रका राजसंस्थासंग नाम जोडिएको सो पार्कमा स्वर्गिय राज विरेन्द्र विरविक्रम शाह र रानी एश्वर्यको शालिक समावेश गरेरमात्र योजना अघि बढाउन माग गरेको हो ।

‘एतिहासिक विरेन्द्र एश्वर्य उद्यानलाई विशेष स्तरोन्नति गर्ने योजना अघि सारेकोमा धनगढीलाई धन्यवाद । तर, २०६५ साल पुस १३ गते बसेको प्रथम नगर परिषदको दोस्रो बैठकको निर्णयप्रति हाम्रो विपत्ती छ’ पत्रमा भनिएको छ –‘उद्यानको नाम परिवर्तन गरि इतिहास मेटाउने गम्भिर कुचेष्टासहित गरिएको निर्णयप्रति हाम्रो बिमत्ति छ । पार्कको साविकको नामनै प्रयोगमा ल्याउन र पार्कभित्र स्वर्गिय राजा रानीको शालिक निर्माण सहितको योजना अघि बढाउन माग गर्दछु ।’

 

अध्यक्ष भुवन सिंहद्धारा हष्ताक्षरित पत्रमा दिर्घकालिन विकासको उदाहरणीय नगर बनाउन सो कार्य अघि बढाउन सुझाव दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM