दाउन्नेमा सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं : पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

शुक्रबार साँझ बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो । मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

उनँका अनुसार सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रयास भइरहेको छ । सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उनले बताए।

ad_wide