धनगढी,२२ चैत । दार्चुलाको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको सरुवा भएको छ । जोशीको गृह मन्त्रालयमा सरुवा भएको हो ।
उनको स्थानमा गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई दार्चुला जिल्ला प्रशासन कार्यालयको प्रजिअको जिम्मेवारी सुम्पिएको प्रशासन स्रोतले जनाएको छ ।