दार्चुलाको महाकालीमा भारतीय स्काइभेटर नेपाल पस्नुको वास्तविकता यस्तो छ प्रहरीको भनाई

धनगढी- दार्चुलाको सदरमुकाम खलंगामा भारतीय स्काइभेटरले अनुमति बिना महाकाली नदी पार गर्दै नेपालको सीमा अतिक्रमण गर्न थालेको भन्दै स्थानीयले कडा विरोध जनाएका छन्।

स्थानीय बासिन्दाका अनुसार भारतीय पक्षले सीमा क्षेत्रमा यस्ता गतिविधि विगतदेखि नै गर्दै आएको र स्थानीयले यस घटनालाई नेपालको सार्वभौमसत्तामाथिको अतिक्रमण भन्दै आक्रोश व्यक्त गरेका छन्। घटनास्थलमा भेला भएका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूले भारतको दादागिरी र सीमा मिच्ने प्रवृत्तिको कडा आलोचना गरेका छन् ।

यस घटनाले नेपाल–भारत सीमा विवादलाई पुनः सतहमा ल्याएको छ। स्थानीयले यस्ता गतिविधि रोक्न कूटनीतिक तहमा प्रभावकारी पहल गर्न सरकारलाई दबाब दिएका छन्।

तर सो घटना अतिक्रमण गर्ने मनासायले नभएर सिमावर्ती वजार धार्चुला तिर निर्माण कार्य हुदैँ गरेको र सोही क्रममा स्काईभेटर बिग्रीदा चालकले थाहा नपाएर नेपाल तिर प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सुचना अधिकृत ईश्वर थापाका अनुसार त्यो स्काईभेटर नेपाल तर्फ प्रवेश गरेको पनि प्रहरीले नै थाहा पाएर चालकलाई नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भैरहेको बताएका छन ।

अहिले घटना स्थलमा जिल्लाको सुरक्षा टिम लगायत जनप्रतिनिधि सहित पुगी सकेका छन ।

ad_wide