दार्चुला – दार्चुलामा चरेस सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा जिल्लाको शैल्यशिखर नगरपालिका–२ देथलाका २० वर्षीय रमेश भट्ट र नौगाड गाउँपालिका–६ का ७१ वर्षीय कासी सिंह धामी रहेका छन्। उनिहरुलाई २ सय ग्राम चरेशसहित बिहीबार शैल्यशिखर नगरपालिका–२ देथला बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सुचना अधिकारी कान्ती राज जोशलिे जानकारी दिएका छन्।
उनिहरुलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको सुचना अधिकारी जाशीले बताएका छन ।