दुर्गा प्रसाईंलाइ थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती

काठमाडौं-  विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धानका लागि आज प्रहरीलाई ५ दिन थप समय दिएको हो । प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको एक भिडियो सार्वजनिक गरेका प्रसाईं यही मंसिर ४ गते भक्तपुरस्थित अफ्नै निवासबाटै पक्राउ परेका थिए ।

प्रसाई दुई महिनाको अवधिमा दोस्रो पटक पक्राउ परेका हन् । यसअघि उनी गत असोज ६ गते पनि विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका थिए ।

WhatsApp Image 2024-10-09 at 9.45.27 AM