बिहिबार, जेष्ठ ८, २०८२

देशभरका विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकमा एकतर्फी आवतजावत

काठमाडौं – १० दिनअघिको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुलेका छैनन्।

बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए अझै पाँचवटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका अनुसार अन्य आठ सडकभने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणमा यही ११ गतेदेखि बन्द रहेको काभ्रेपलाञ्चोकको रोशीस्थित बिपी राजमार्गको चारसयबेसी खण्ड पूर्णरूपमा अवरुद्ध छ।

सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रबिसे-तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोदावरीको लेले-टिकाभैरव, तह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी खुलाइएको छ।

रोशीस्थित बीपी राजमार्गको कालढुङ्गा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभिर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको प्रहरीले जानकारी दिएको छ।

तीन दिनको विपदले निम्त्याएको विपदमा परेर २४६ जनाको मृत्यु भएको छ। अझै १८ जना अझै बेपत्ता छन्।

ad_wide