धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका – १६ स्थित थारु होमस्टे गाउँ भादा नेपालभरमै उत्कृष्ट होमस्टेको छनोटमा परेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको तारा गाउँ विकास समितिले सोमबार एक कार्यक्रमको बीच भादा होमस्टेलाई उत्कृष्ट घोषणा गर्दै एक लाख धनराशीले पुरस्कृत गरेको छ ।
तारा गाउँ विकास समितिले नेपालभरकै होमस्टेलाई केही समय अगाडि पुरस्कारको लागि आवेदन आह्वान गरेको थियो । सोही आवेदनको आधारमा भादालाई उत्कृष्ट होमस्टेको रुपमा छनोट गरेको होमस्टे महासंघ सुदूरपश्चिमका अध्यक्ष दिनेश दहितले जानकारी दिए ।