शान्ती प्रसाद जोशी धनगढी- दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि दोस्रो सुुरु भएको राष्ट्रिय बाल चलचित्र महोत्सव आज (९) गते समापन गरिएको छ।
महोत्सवमा बाल चलचित्र प्रदर्शन, मेरो कथा मेरो चलचित्र कार्यशाला गोष्ठी गरिएको छ। यस्तै बोर्डका अध्यक्ष तथा सिने जगतका सुपरस्टार भुवन केसी समेत कार्यक्रममा बालबालिकासँग भुवन केसी संवाद कार्यक्रम, चलचित्रमा बालबालिकाका कथा अन्तरक्रिया कार्यक्रम र फोटो तथा पुस्तक प्रदर्शनी गरिएको छ ।
बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्र्ने वातावरण तयार गर्न तथा चलचित्र साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव आयोजना गरिएको हुन लागेको चलचित्र विकास बोर्डकी सचिवालय अधिकृत तथा राष्ट्रिय बाल चलचित्र समिति सदस्य र्निमला चौलागाईले बताइन।
बाल चलचित्र महोत्सवले बालबालिकालाई सिनेमामार्फत उनीहरूको सोच, विचार, व्यवहार, भावना र धारणामा परिष्कार ल्याउनुका साथै उनीहरूलाई चलचित्रको माध्यमबाट केही सिकाईमा समेत मद्दत पुुग्ने सुुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुुलपति डा टिएन जोशीले बताए ।
महोत्सवमा बालबालिका तथा बयस्कहरूले निर्माण गरेका बाल चलचित्रहरू शल्याक्रिया मोबल्ही छाइ म पढ्न चाहान्छुु मेरी हजुुर आमा बन्तुुर लगायत धेरै चलचित्र प्रदर्शनी गरिएका थिए ।