धनगढी- धनगढीकाे संजिवनी अस्पतालले साइपाल शिक्षा सदनका विद्यार्थी तथा अभिभावकलाई सेवामा छुट दिने गरि सम्झाैता भएकाे छ ।
संजिवनी अस्पतालका अध्यक्ष दुस्यान्त बस्नेत र विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर ऐरले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
अस्पतालले प्रदान गर्दै आइरहेका विभिन्न सेवामा साइपाल शिक्षा सदनका विद्यार्थी, कर्मचारीे, शिक्षक, अभिभावकलाई छुट दिने अस्पतालका अध्यक्ष बस्नेतले जानकारी दिए।
उनका अनुसार कन्सल्टेन्ट ओपिडी इमरजेन्सीमा ३० प्रतिशत, जनरल वेड प्रतिदिन १० प्रतिशत, ल्याबमा १५-३० प्रतिशत, सानाे अपरेसनमा, १०। प्रतिशत र ठुलो अपरेसनमा १० प्रतिशत, फार्मेसीमा ५ प्रतिशत लगायतका सेवामा अस्पतालले छुट दिएको छ ।
यस्तै प्रध्यानाध्यापक ऐरले अस्पतालसँग सम्झाैता गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।