धनगढीः धनगढी उपमहानगरपालिकाले यो वर्ष सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजामा सुधार भएको छ। बुधवार उपमहानगरपालिकाले सार्वजनिक गरेको शैक्षिकसत्र २०८१ को नतिजा गत वर्ष र अघिल्लो वर्षको तुलनामा सुधार भएको हो।
सामुदायिक विद्यालय तर्फ ४२ दशमलव १० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा धनगढीका ६३ संस्थागत विद्यालयबाट भने ८४ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ।