धनगढीः कैलालीको धनगढीस्थित एक दोहोरी साँझमा लफडा भएको छ । अस्ति शुक्रवार राति धनगढीको चटकपुरस्थित इन्द्रेणी दोहोरी साँझमा लफडा भएको प्रहरीले जनाएको छ ।
मध्यरातमा भएको लफडामा एक पत्रकारलाई चोटपटक लागेकोले घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले जानकारी दिए ।
दोहारिकी सञ्चालिका राधिकाराज लम्सालका छोराविरुद्ध पीडित पत्रकार पक्षबाट प्रहरीमा निवेदन परेको र ती साहुनीका छोरा प्रहरी सम्पर्कमा नआएपछि प्रहरीले उनलाई खोजतलास गरेर पक्राउ गर्ने तयारी गरेको एसपी बिष्टल बताए ।
अहिले घाइते पत्रकारको भने धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ भने प्रहरीले घटनाको थप छानबिन गरेर कारबाही अगाडी बढाइने जनाएको छ।