धनगढीको एक होटेलमा यौनधन्दा, डडेल्धुराकी केटी र मालिक पक्राउ

धनगढीः धनगढीको रारा होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। धनगढी उपमहानगरपालिका २ मिलनचोकस्थित रारा होटलमा प्रहरीले छापा हान्दा सो होटेलमा धन्दा हुने गरेको पाइएको हो।

हिजो (शुक्रवार) मात्र सो होटलमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्सपेक्टर जनक राज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा १ जोडी समातिएको थियो।

सो होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल साहु कञ्चनपुर कृष्णपुर नगरपालिका ४ का ३३ वर्षीय नरेश ऐर र डडेल्धुरा अमरगढी नगरपालिका घए भएकी वर्ष २५ की गिता केसीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ad_wide