धनगढी – धनगढीको शैक्षिक क्षेत्रमा धरोहरका रुपमा स्थापित एरिष्टो इङलिस हाई स्कुलमा कक्षा ११ मा पढाई सुरु गर्ने भएको छ । शुक्रबार स्कूलले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । स्कूलका प्रिन्सिपल हरि क्षेत्रीले हातेमालो छात्रावृत्ति कार्यक्रमका साथ २०८२ देखि कक्षा ११ मा व्यस्थापन संकाय सञ्चालन हुने जानकारी दिएका हुन् ।
स्कूलले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा आफ्नै पुर्वाधार निर्माण गरि कक्षा ११ मा पढाई सुरु गर्ने जमर्को गरेको प्रिन्सिपल क्षेत्रीले बताए । ‘स्कूलले सिक्दै कमाउदैँ कार्यक्रम पनि अगाडि सार्ने भएको छ’, उनले भने ‘त्यसका लागि विद्यालयले वातावरण बनाउने काम गर्ने छ ।’ विद्यालयलाई सरकारको सिस्टममा लिने प्रयासमा रहेको प्रिन्सिपल क्षेत्रीले बताए । त्यसका लागि शिक्षक कर्मचारीहरुलाई पोशाक भत्ता देखि सामाजिक सुरक्षारसञ्चय कोषको व्यवस्था गर्ने गरिएको उनले उल्लेख गरे ।
एक जनालाई जिवन बीमा बापत ५ लाखकको सुविधा पुर्णरुपमा लागु भइ भुक्तानी समेत प्रदान गरिसकेको उनको भनाइ छ । स्कुलले पोसाक, परीक्षा भत्ता जाँच भत्ता टिएडिए चिया नास्ता उपलब्ध गरिदै आईरहेको र आगामी आर्थिक बर्ष देखि २०८३ देखि सामाजिक सुरक्षा सञ्चय कोषको व्यबस्था समेत गरिने उनले बताए । उनले अत्याधुनिक सुविधा सम्पन्न भवनसहित नयाँ कक्षाकोठाका ब्यबस्थापन र अन्य समय सापेक्ष सेवा सुविधाहरु रहेको जनाएका छन् । प्रिन्सिपल क्षेत्रीले प्रचार प्रसारको कमीका कारण हामीले प्रदान गर्दै आएका पृथक तथा उत्कृष्ट प्रकारका समाज निर्माण हातेमालो कार्यक्रमहरु पत्रकारहरु सम्म समयमा पुगाउन नसक्नु भुल भएको उल्लेख गरे ।