धनगढी – ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले विरासत फर्काएको छ। कैलालीको धनगढीमा रहेको उक्त क्याम्पसमा झन्डै डेढ दशकपछि स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा नेवि संघ नेतृत्वको प्यानल नै विजय भएको हो। निर्वाचन समिति का प्रमुख खेमराज पन्तका अनुसार स्ववियु सभापतिमा नेविसङ्घका दीपकराज भट्ट विजयी भएका छन्। उनले ५५३ मत पाए। उनका प्रतिद्वन्धी अनेरास्वावियका दिपेन्द्र भट्टले ४२५ मत पाए। र अखिल क्रान्तिकारीका विकास बिष्टले ४०२ मत पाए । यस्तै सचिवमा देवेन्द्र बोहरा ५५४ मत र कोषाध्यक्षमा सञ्चिताकुमारी चौधरी ५६९ मत पाएर विजयी भएका छन्। उनीहरू दुवै पनि नेविसंघ नेतृत्वकै प्यानल हुन्। एक्काईस सय विद्यार्थी रहेको उक्त क्याम्पसमा मङ्गलबार भएको मतदानमा १४०३ मत खसेको थियो। ऐश्वर्यमा यसअघि ३ पटक सोबियो निर्वाचन भएको छ। डेढ दशक अघि भएको निर्वाचनमा नेवीसंघकै राजेन्द्र भट्ट सभापतिमा विजयी निर्वाचित भएका थिए। दोस्रोपटक भएको स्वविय निर्वाचनमा सभापतिमा राप्रपा निकट विद्यार्थी सङ्घका कमल बम विजयी भए सभापति बाहेक सबै पदमा भने नेवी संघ विजयी भएको थियो। तेस्रो पटक २०७९ मा भएको निर्वाचनमा अनेरास्वबियु विजयी भएको थियो। अनेरास्वबियुका कुबेर खड्का सभापतिमा विजयी भएका थिए। डेढ दशकपछि ऐश्वर्य जित भएपछि नेविसंक कैलालीका अध्यक्ष मनिष कुँवरले ऐतिहासिक जित भएको बताएका छन् ।