धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा गजल साँझ 

धनगढी - धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा गजल साँझ आयोजना गरिएको छ ।

आज शुक्रबार ऐश्वर्य साहित्य प्रतिष्ठानको आयोजनामा 'ऐश्वर्य गजल साँझ २०८१' गरिएको हो ।

प्रतिष्ठानका सचिव महेश बडुले सञ्चालन गरेको गजल साँझमा गजलकार पुष्पराज पाण्डेय, तारा पल्लवी, अमर खड्का, समीर ओझा, अबि प्यारे र कैलाश बोगटी रहनुभएको थियो ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको उक्त गजल साँझमा ऐश्वर्य साहित्य प्रतिष्ठानका अध्यक्ष भरत साउदको सभाध्यक्षता रहेकोे थियो ।

ad_wide