बुधबार, जेष्ठ १, २०८२

धनगढीको ऐश्वर्य विध्यार्थीको रोजाईको केन्द्र बन्दै

धनगढी
धनगढी उपमहानगरपालिकाको वडा नं. ५ मा रहेको ऐश्वर्य विद्या निकेतन पछिल्लो समय विध्यार्थीहरु रोजाईको केन्द्र बनेको छ । विध्यालयले गुणस्तरिय शिक्षालाई प्राथमिक्तामा राखेको र विध्यालयमा अध्ययन गर्ने विध्यार्थी राम्रो अंक ल्याएर पास हुने हुदा ऐश्वर्य विध्यार्थीको रोजाई बन्न पुगेको हो ।
विध्यालयको निमित्त प्राचार्य सञ्जय कुमार पन्तले ऐश्वर्य विद्या निकेतन समाज वाट सञ्चालित भएको हुदा जहाँ उत्कृष्ट शिक्षा र उत्कृष्ट नतिजा रहेको बताए । विध्यालयमा दक्ष शिक्षक, प्रर्याप्त भौतिक संरचना, प्रर्याप्त मैदान, अन्य विध्यालय भन्दा शुल्क पनि कम रहेको उनले बताए । अहिले सम्म ५ सय भन्दा वढी फर्म सङकलन भई सकेको उनले जानकारी दिए ।

ऐश्वर्य विद्या निकेतनले प्रत्येक वर्ष नर्सरी देखि कक्ष ९ सम्म का विध्यार्थीहरुलाई प्रवेश परिक्षाको दिन तोकिए बमोजिम विध्यार्थीहरुले परिक्षा र अन्तवार्ता दिई रहेको उनले बताए ।

ऐश्वर्य विद्या निकेतनको पुर्व प्राचार्य डबल बहादुर विष्टले सवैको रोजाई ऐश्वर्य भएको बताए । उनले ऐश्वर्य विद्या निकेतमा अध्य्यन गरेका विध्यार्थी धनगढीमै ५० भन्दा वढी डाक्टर रहेको बताए । उनले विध्यालयले गुणस्तरिय शिक्षा दक्ष जनशक्ति वाट प्रदान गरि रहेको हुदा सवै विध्यार्थीको रोजाईमा परेको उनले बताए ।

धनगढीमा पछिल्लो समय ऐश्वर्य विद्या निकेतन विध्यार्थीहरुको रोजाईमा परेको छ । यस वर्ष मात्रै पाँच सय विस विध्यार्थीले प्रवेश परिक्षामा सामेल भएको विध्यालले जनाएको छ । विध्यालयले स्थापनाको ४८ औं वर्ष पार गरी ४९ वर्षमा प्रवेश समेत गरेको छ ।

ad_wide