धनगढी - धनगढीको कोेविदा ईन्टरनेस्नल एकेडेमीले नवआगन्तुक विद्यार्थीहरलाई स्वागत गरेको छ ।
पछिल्लो समय शिक्षाको क्षेत्रमा छुट्टै नाम कमाउन सफल कोविदामा नबआगन्तुक बिध्यार्थीलाई एक कार्यक्रमका बिच स्वागत गरिएकको एकेडेमीले जनाएको छ ।
शुक्रबार एकेडोमीका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा नवआगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा १२ का निसान्त राना सभापती रहेको कार्यक्रममा कोेविदा ईन्टरनेस्नल एकेडेमीका प्रधानाध्यापक पुस्कर राज पाण्डेयको प्रमुख आथित्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा कृष्ण बहादुर खत्री विसिष्ट अथिती रहेका विद्यालय प्रशासनले जनाएको छ धनगढीको होटल सौराईस्क्वाईरमा भएको उक्त स्वागत कार्यक्रममा विभिन्न सास्कुतिक कलाको समेत विजोड प्रस्तुती रहेको थियो ।