सुदिप थापा धनगढी- धनगढीको चटकपुरमा सुविधा सम्पन्न डायमण्ड स्केट पार्क सञ्चालनमा आएको छ ।
धनगढीका युवा व्यवसायी गोविन्द के.सी लगाएत ३ जनाको संयुक्त लगानीमा उक्त स्केट पार्क सञ्चालनमा ल्याईएको हो । स्केट प्रेमी तथा स्केटिङ खेलाडीको मागलाई मध्यनजर गर्दै स्केट सञ्चालनमा ल्याईएको सञ्चालक गोविन्द केसीले जानकारी दिए । आज भएको उद्धघाटन समारोहमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्रि मेघराज खड्काले रिवन काटेर स्केट पार्कको उद्धघाटन गरे । उक्त उद्धघाटन समारोहलाई सम्वोधन गर्दै मन्त्रि खड्काले खेलकुदमा चासो र खेल्न चाहने खेलाडीका लागि राम्रो काम गरेकोमा सञ्चालक लाई धन्यवाद दिए ।
पछिल्लो समय युवाहरु लागुऔषध जस्तो कुलतमा लागेको र यस्ता रचनात्मक काममा लगाएर कुलतको वाटोमा लाग्न वाट बचाईने उनको भनाई छ । स्केटिङ खेलले शाररिक स्वास्थ्य र मानसिक स्वास्थ्य राम्रो हुने उनले बताए । यस खेलको क्षेत्रमा पनि खेलाडी उत्पादन गरेर प्रतिस्पर्धामा लानु पर्ने उनले जोड दिए ।
धनगढीमा स्केटिङ प्रेमीहरुका लागी सुविधा सम्पन्न स्केटिङ पार्क सञ्चालन आए पछि यस क्षेत्रका खेलाडीहरु उत्साहित भएका छन् । उद्घाटन समारोह सकिए लगतै स्केटिङ खेल्नेहरुको घुईचो नै लागेको थियो ।