धनगढी- धनगढीको डिएमसी होटल म्यानेजमेन्ट कलेजमा १०० गु्रप्स र रुटिन आफ नेपाल बन्दको सहकार्यमा एसईई छात्रवृत्ति प्रवेश परिक्षा सम्पन्न भएको छ ।
१०० गु्रप्स र रुटिन आफ नेपाल बन्दले ३५ जना विध्यार्थीका लागि निशुल्क ११ र १२ कक्षा पढाईको साथ साथै होस्ट्ल समेतको खर्च व्यवहर्ने गरि कार्यक्रम ल्याएको हो ।
उक्त कार्यक्रमका स्ट्याटिजिकल एडभाईजर युवराज भट्टराईले उत्साह जनक सहभागिता रहेको बताउदै प्रोजेक्ट शिक्षा परियोजना अन्तर्गत ११ र १२ का लागि जिपिए हेरेर विध्यार्थी छानिने र प्राथमिकताका आधारमा वर्गीकरण गरेर छानिने जानकारी दिए । साथै डिएमसीमा होटलमेन्जमेट पढ्न इच्छुक विध्यार्थीले पनि सो परिक्षामा पुर्ण छात्रवृत्ति लागि सहभागिता जनाएका थिए ।

सुदूरपश्चिम प्रदेशमा डिएमसि कलेज भेन्यु पार्टर्नको रुपमा रहेको हुदा डिएमसि कलेजलाई उनले धन्यवाद व्यक्त गरेका छन् । रुटिन आफ नेपाल बन्द र डिएमसी होटल म्यानेजमेन्टले ४ जनालाई डिप्लोमा होटल म्यानेजमेन्ट अध्यनका लागि पुर्ण छात्रवुत्ति दिने डिएमसीका सञ्चालक गोपाल धामीले जानकारी दिए । सो कार्यक्रममा तिन सय भन्दा बढी विध्यार्थीको सहभागिता रहेको जनाईएको छ ।