धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराह नजिक बम फेला परेको छ । शुक्रबार साँझ सुदूरपश्चिम प्रदेश प्रहरी विद्यालय नजिक बम फेला परेको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ फेला परेको बमलाई शनिबार निस्क्रिय पारिएको जनाइएको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले शनिबार विहान सो बम निस्क्रिय गरेको प्रहरी सहायक निरिक्षक भुपेन्द्र शाहीले बताए ।
शाहीका अनुसार शुक्रबार राती अध्याँरो भएकाले निस्क्रिय गर्न नसकिएको र सुरक्षा घेरामा राखिएको थियो ।
उनले शशस्त्र द्वन्द्वकालमा राखिएको सो लाइन बम राखिएको हुन सक्ने बताए । उनका अनुसार शनिबार बिहान खाल्डोमा राखि बमलाई निस्क्रिय पारिएको छ ।