धनगढी –
धनगढीमा पुर्व राष्ट्रिय फुटवल खेलाडीहरुको समुहले नयाँ वर्षको अवसरमा भेट्रान पेनाल्टि सुटआउट प्रतियोगिता आयोजना गर्ने भएका छ । धनगढीको वडा नं. ३ को फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा उक्त पेनाल्टि सुटआउट प्रतियोगिता सञ्चालन हुने छ ।
नयाँ वर्षको अवसर पारेर ३५ वर्ष उमेर नाघेका खेडाडीहरुको प्रतियोगिता सहभागिता हुने गरी प्रतियोगिता गर्न लागिएको पुर्व राष्ट्रिय फुटवल खेलाडी बेनी खड्का बताए । उनले २०८१ साललाई विदाई गर्दै २०८२ सालको स्वागत गर्न र साथीभाईहरु संग रमाईलो गर्न भेट्रान फुटवल चैत्र ३१ गते गर्न लागिएको जानकारी दिए ।
फाप्लामा नाईट पेनाल्टि फुटवल प्रतियोगिता गर्न लागिएको पुर्व राष्ट्रिय फुटवल खेलाडी किशोर शाही बताए । विगतको वर्ष झै यस वर्ष पनि खेलमा सहभागिता जनाईदिन हुन सम्पुर्ण संघ सस्थालाई उनले निमन्त्रण गरे ।
त्यस्तै फाप्ला भेट्रानका गोल रक्षक हरिश नाथले २०८२ सालमा नयाँ वर्षको अवसरमा हाम्रो दाईहरु पुर्व राष्ट्रिय फुटवल खेलाडीहरुको समुहले फाप्ला मैदानमा भेट्रान प्रतियोगिता आयोजना गर्दै हुनहुन्छ उनले दाईहरु भाईहरु सवैलाई निमन्त्रण गरे ।
हरेक वर्ष पुर्व राष्ट्रिय खेलाडीहरुको समुह, कल्व, स्थानिय मिडिया लगाएतले फाप्ला मैदानमा भेट्रान पेनाल्टी सुटआउट प्रतियोगिता आयोजा गर्दै आएका छन् । यस वर्ष आयोजना हुने प्रतियोगितामा सहभागिताका लागि आयोजक पुर्व राष्ट्रिय खेलाडीहरुको समुहले अनुरोध गरेका छन् ।