धनगढीको भन्सारमा सशस्त्रको तस्कर भन्दा सर्वसाधारण टार्गेट गरेको गुनासो

शान्ति प्रसाद जोशी /रोसन थापा धनगढी- धनगढीको त्रिनगरमा रहेको सिमा सुरक्षा बल सशस्त्र प्रहरी सिमा गुल्म त्रिनगरको तस्कर भन्दा सर्वसाधारण टार्गेट गर्ने गरेको आरोप लागेको छ ।

आउदै गरेको हरितालिका तिज तथा रक्षा बन्धन लागि कैलालीको धनगढी, अत्तरिया क्षेत्रका नागरिक सस्तो दरमा सामान किनमेल गर्ने भन्दै भारतका सिमावर्ति बजार बनगाउ जाने गरिरहेका छन् । बनगाउ मा बहिनीको लागि दई जोर साडी र कुर्ती किनेर नेपाल धनगढी फर्केका ललित देवकोटा भन्छन् घरको लागि सामान ल्याउदा समेत नाकामै भएको सशस्त्रले कुनै चेकजाँच नगरेको उनले भने, भन्सारमा पनि घरको लागि हो भन्दा छाडियो तर भन्सार कार्यालय अगाडी भएको सशस्त्रको विटमा मलाई चेकिङ गरियो र मेरो घरको लागि ल्याएको सामान समातियो । यो कति सम्मको सास्ती देको भन्दै देवकोटाले गुनासो गरे ।

त्यस्तै क्षितीज ओली पनि कैलालीको सुखडवाट धनगढी घु्म्न आएका बेला किनमेलका लागि भारतको बनगाउ तर्फ लागे उनले पनि दिदिको लागि सस्तोमा सामान पाईने भएकाले तिन जोर तिनओटा दिदिका लागि सुट गिफ्ट गर्नका लागि त्यहाँवाट किनर धनगढी आउदै गर्दा सशस्त्र प्रहरीले सामान समातेको बताए । उनले आफुलाई तस्करको जस्तो व्यवहार गरेको गुनासो गरे । हामीलाई भारतमा सामान किन्ननै नपठाएको भए हुन्थ्यो तर घरको लागि सामान किन्न पनि पठाउने र समाउने पनि यो कस्तो नियम भएको सुनाउदै सशस्त्र प्रहरी तस्करलाई छोडेर हामी जस्ता नागरिकलाई टार्गेट बनाएको आरोप लगाए । न.३४ सशस्त्र गण कैलालीका एसपी दलबहादुर पाण्डेका अनुसार हामी काहाँ यो बारेमा गुुनासो न आएको र सरकारकै नियम हेर्नेहो भने रु १०० को मात्रै सामान ल्याउन मिल्ने कुरा बताए । यदि आफुु मातहतका प्रहरी कर्मचारिले कुनै दुुख दिएको भए जानकारी गराएमा अनुुसन्धान गरिने र दोषी ठहरिएमा कडा कार्वाही गरिने उनले बताए ।

आफ्नो मातहतबाट कुनै नागरिकलाई टार्गेट नगरिएको र भारतबाट सामान ल्याउँदा सिमानाकामा चेकजाच गराएर मात्रै र बिलपास गरेरमात्रै सामान ल्याउन एसपी पाण्डेले अनुुरोध गरे । सर्वसाधारणले चाडपर्वको लागि सामान ल्याउदा नाकामा भएको यात्रु साहयता कक्षमा सम्पर्क गर्ने र आफुुले ल्याएको सामान कति परिमाणको हो चेक गराउने र त्यहाँ खटिएका कर्मचारीले भन्सार काट्नु पर्ने भए भन्सारमा सामानको भन्सार काटि विल लिएर मात्रै आउनु पर्ने उनले जनाकारी दिए ।

पछिल्लो समय चाडवाड नजिकिए संगै सिमानाकाको बजार वाट घराएसी सामान ल्याउनेको संख्या वढ्दो क्रममा रहने गरेको पाईन्छ ।

ad_wide