धनगढीको मयुरको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस

धनगढी- धनगढीको वडा नं. ३ मा रहेको मयुर इङलिस बोडिङ हाई स्कुलले आफ्नो ३१ औं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

विध्यालयका सस्थापक चन्द्रावती साउँद अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति जोशीले आफु धेरै विध्यालयमा जाने गरेको र कुनै पनि विध्यालय सफल हुनुमा विध्यालयको प्राचार्यको भुमिका हुने र त्यहाँको व्यवस्थापनको हुने बताउदै प्राचार्य पदम साउँदलाई धन्यवाद दिए । उनले भन्ने विध्यालयको सफलतामा अभिभावको भुमिका रहने उनले बताए । आफना नानी बाबुहरुलाई विध्यालयमा मात्र नभई घरमा पनि विशेष ध्यान दिन उनले अनुरोध गरे । वार्षिकोत्सवमा गौरा, छलिया, देउडा, हुडकेली लगाएको प्रस्तुती देखाएकोमा खुसी भएको बताए ।

विध्यालयका प्राचार्य पदम साउँदले अभिभावक विध्यालयको विकासको महत्वपुर्ण पात्र भएको भन्दै विध्यालय व्यवस्थापन र शिक्षक, शिक्षिका सम्पुर्णलाई धन्यवाद दिए । शिक्षाको गुणस्तर माथि उठाउनको लागि शिक्षक विध्यालयको मात्र भुमिका नरहेर अभिभावको पनि महत्वपुर्ण भुमिका रहने उनले बताए । विध्यालयमा एआई प्रविधि अधिकत्म प्रयोग गरि पढाई गरिने उनले बताए । वाल बालिकाको लागि शिक्षामा मात्रै नभई अतिरिक्त क्रियाकलाप मार्फत अगाडी वढाईएको जानकारी दिए । विध्यालयले फुड फेस्टिवल, साईन्स एजिवेसन, खेलकुद लगाएतका गतिविधि भई रहेको उनले बताए ।

विध्यालयले वार्षिकोत्सव समारोहमा विभिन्न साँस्कृति छल्काउने नृत्य, गायन लगाएतको प्रस्तुती दिएका थिए । कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ठ प्रदर्शन गर्ने विध्यार्थीहरुलाई प्रमाण पत्र, मेडल लगाएतका पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि वडा ३ का वडा अध्यक्ष राज बहादुर ऐर, टोपेन्द्र शाह लगाएत रहेको थिए । कार्यक्रम विध्यालयका विध्यालय संयोजक शिक्षक गणेश बोहोराले, शिक्षिका रेखा कडायत, विध्यार्थी कुशुम धामी, निस्चल खाती, प्रतिष्ठा अवस्थी, सुजन विष्ट, दित्या कठरिया, योगेन्द्र बहादुर जोरा लागाएतले कार्यक्रम सञ्चालन गरेका थिए ।

ad_wide