धनगढीको शिवपुरी धाम रङ्ग रोगन गरिँदै, फागुन २ बाट पुराण अनुष्ठान हुँदै

शान्ति प्रसाद जोशी, धनगढी – धनगढीमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मीक तथा पर्यटकिय स्थल शिवपुरी धाम रङरोगन गरिन थालिएको छ ।

शिवपुरी वनसँगै जोडिएको आठ विघा क्षेत्रमा फैलिएको धाम सुन्दर र रमणीय धाममा मदन कुवरको संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएसँगै र अनुष्ठानको पूर्व सन्ध्यामा मन्दिर परिसर संगै झ्याल ढोका र रेलिङ सरसफाई र रङरोगन गर्ने कार्य सुरु गरिएको छ । धनगढी मुख्य बजार क्षेत्रबाट साढे दुई किलोमिटरको दुरीमा रहेको शिवपुरी धाम यहाँको प्रमुख धार्मिक पर्यटनको केन्द्रका रुपमा चिनिन्छ । पूजाआजासँगै धाम अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु शिवपुरीमा दैनिक जसो सयांैको संख्यामा पुग्ने गरेका छन् । शिवपुरी धनगढी बजारबाट नजिक भएकाले धनगढी पुगेर यहाँका पर्यटकीय क्षेत्रको भ्रमण गर्न चाहनेहरुको पहिलो रोजाई बन्न थालेको छ ।

धनगढी उपमहानगरपालिका–३, उत्तरबेहडीमा अवस्थित शिवपुरी धाम धार्मिक दृष्टिले महत्वपूर्ण छ नै भौतिक रुपमा पनि सुन्दर र रमणीय छ ।

शिवपुरी धाममा पछिल्ला केही वर्षयता धार्मिक संरचनाहरु निर्माण हुने क्रम पनि बढेको छ । धाममा एक सय आठ फिट अग्लो शिवलिङ्ग निर्माण गरिएको छ । भने एक सय आठ वटा बहुमुखी धारा र एक सय आठ तुलसीका मठ निर्माण गरिएका छन् । धाममा विवाह, ब्रतबन्धजस्ता कार्यहरु पनि हुने गरेका छन् । धार्मिक कार्यहरुका लागि पाँच वटा मण्डप बनाइएका छन् । धाममा प्रत्येक विवाहको महिना हरुमा दैनिकजसो एक दर्जन बढी विवाह र ब्रतबन्ध हुने गरेको धामका पुजारी हरिनारायण भट्टले बताए । शिव मन्दिरसँगै अन्य मन्दिरमा पनि भक्तजनले पूजाआजा गर्ने गरेको भट्टले बताए । धाममा गणेश मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायण मन्दिर, दुर्गा मन्दिर र उग्रतारा मन्दिर पनि अवस्थित छन् । भिक्षु, भिक्षुणी बस्नका लागि कुटिहरु समेत स्थापना गरिएका छन् । बहुउद्देश्यीय सभा हल र भवन बनेका छन भने केही बन्ने प्रक्रियामा छन्।

धामको धार्मिक पर्यटन विकास र पूर्वाधार निर्माणका लागि आर्थिक सहयोग संकलन गर्न हरेक वर्ष महायज्ञ हुँदै आएको छ । यस वर्ष पनी फागुन २ गतेबाटे धार्मीक अनुष्ठान आयोजना गरिन लागेको छ् ।

अनुष्ठानमा विश्वकै कान्छी कथा वाचिका अनुराधा पाण्डेय आउने र प्रमुख कथा बाचकको रुपमा सत्यराज अवस्थी रहने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

ad_wide