धनगढीको संजिवनी अस्पतालमा जेठ १९ गते पेन स्पेसलिस्ट डा तिर्थ राज भण्डारी आउँदै

धनगढी । धनगढीको सञ्जीवनी अस्पतालमा लामो समयदेखि दुखाइको समस्या झेल्दै आएका बिरामिलाइ मध्यनजर गर्दै संजीवनी अस्पतालले धनगढीमै सेवा दिने भएको हो।

धनगढीमा रहेका टाउको दुख्ने, ढाड दुुख्ने तथा हात खुट्टा झमझम गर्ने तथा लामो समयदेखिको दुखाइ, क्यान्सर लगायत समस्याबाट हुने दुखाइ लगायत शरिरका जुनसुकै ठाउमा पनि हुने लामो समयसम्मको विभिन्न दुखाई बाट ग्रसित बिरामिको उपचार गर्न काठमाडौ नेसनल न्युरो सेन्टरका पेन स्पेसलिस्ट डा तिर्थ राज भण्डारी यहि १९ गते बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म धनगढीको सञ्जीवनी अस्पतालमा आउने अस्पतालले जनाएको छ।

डा भण्डारीले लामो समयदेखि टाउको दुखाइको दीर्घकालीन समस्या , अनुहार घाँटी कुम ढाडको दुखाई , हात खुट्टा जोड्नेहरूको दीर्घकालीन दुखाइ , क्यान्सरले गराउने सबै खाले दुखाई वर्षौंदेखि महिलाको तल्लो पेट दुख्ने समस्या र नशासम्बन्धी समस्या जस्तै नसा च्यापिएको हातखुट्टा झमझम गर्ने आदि समस्याको दीर्घकालीन रुपमा समस्या रहेका बिरामीको उपचार गर्ने सञ्जीवनी अस्पतालले जनाएको छ।

सञ्जीवनी अस्पताल यसअघि पनि विभिन्न निःशुल्क तथा सशुल्क स्वास्थ्य शिविर आयोजना गरी यस क्षेत्रका जनताहरुको सेवमा निरन्तर लागिपरेको छ ।

ad_wide