रोशन थापा, धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनमा स्वागतका लागि लगाईएको झण्डा निकालिएको छ । अत्तरिया चोक देखि धनगढीको चौराह र मुख्य सडकमा लगाईएको नेपालि काग्रेसको झण्डा तरुण दल र नेवि संघले विहिवार निकालेको हो ।
मुख्यमन्त्रि कार्यालयको मुख्य सडकमा राखिएको झण्डा निकाल्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति विर बहादुर बलायरले तरुण दललाई सरसफाईका साथ झण्डा निकाल्न निर्देशन दिएको बताए ।
हाम्रो कार्यक्रम हिजो मात्र सम्पन्न भएको हो र आज विहान देखि नै लगाईएको झण्डा निकाल्न सुरु भई सकेको छ । आज हामी जहाँ उम्भिएका छौ यो सडक कस्ले बनाएको हो, सडक कसैले घर वाट बनाएको होकी नेपाली कांग्रेसको तागतमा बनेको उनले टिप्पणी गरे । यहाँको मान्छेले बुझनु पर्छ आफु सडकमा गुड्दै जाने सडक चाही विर्सिदै जाने यदि कसैको सडकमा कोही हिड्ने हो भने उनैले बनाएको सडकमा हिडे हुन्छ । उनले भने कांग्रेसलाई दोष लगाउने हो भने कांग्रेसले बनाएको सडकमा हिन्दैन भने हुन्छ यो कुरा चुनैतिका साथ भन्न चाहन्छु ।
