धनगढीको साईनो एजुकेशन तेस्रो वर्षमा प्रवेश

धनगढी- धनगढी उपमहानगर पालिका वडा नं. ४ मा रहेको साईनो एजुकेशनले दोस्रो वार्षिक उत्सव मनाएको छ ।

धनगढीमा पछिल्लो समय भाषा कक्षाका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको साईनो दोस्रो वर्ष पुरा भएको अवसरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठनका प्राज्ञ सदस्य माननीय प्रदिप अधिकारीले साईनोले गरेको काम प्रति खुसी व्यक्त गरे । उनले भने सुदूरपश्चिममा भाषा कक्षा पढाईको भरपर्दो गन्तव्यको रुपमा परिचित साईनोको सफलताको कामना गरे । उनले साईनोले धनगढीमा राम्रो काम गरिरहेको बताउदै आगामी दिनमा सेवा थप्दै लैजानुपर्ने बताए ।

कर्यक्रमका सभापति साईनो एजुकेशनका अध्यक्ष रोहित चन्दले कोरियन, जापनीज, इङलिस, टियुसन कक्ष, आइलटिए कक्ष, लगाएतको सेवा दिई रहेको जानकारी दिदै आगामी दिनमा लोक सेवाका कक्षा छिटै सञ्चालन गर्ने घोषण गरे । उनले भने साईनोलाई विश्वास गरेको विध्यार्थीहरुमा धन्यवाद व्यक्त गरे ।

ad_wide