धनगढीबाट महाकुम्भ प्रयागराज गएका ७० बर्षीय यादव हराए

धनगढी- धनगढी उपमहानगरपालिका ४ खानेपानी रोड घर भएका सुबोध राए यादव महाकुम्भ प्रयागराजमा हराए छन् । उनका छोरा सुनिल यादवका अनुसार ७० वर्षीय यादव १३ गते साँझ धनगढीबाट प्रयागराजको लागि गएका र १४ गते प्रयागराज महाकुम्भमा बिहान स्नान गर्ने घाट नजिकबाट अलपत्र भएको जानकारी दिए।

१४ गते हराएका सुबोध राए यादव अहिलेसम्म सम्पर्कमा आएका छैनन् , उनको परिवार खोजीमा भएपनि भेट्टाउन नसकेको र कसैले भेटाएमा 9848528052 ,9815650870 यी नम्बरहरुमा संम्पर्क गरि दिन हुन समेत उनका छोरा (जानकी टेन्ट हाउसका सञ्चालक) सुनिल यादवले अनुरोध गरेका छन्।

ad_wide