धनगढीमा आँप टिप्दा रूखबाट खसेका ४५ वर्षीय जोशीको उपचारको क्रममा मृत्यु

धनगढी - धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान धनगढी उपमहानगरपालिका ५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशीको घर नजिकैको आँपको रुखबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले रूखबाट खसेर गम्भीर घाइते भएका जोशी उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जानकारी दिए ।

जोशीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

ad_wide