धनगढी– धनगढीमा रहेको गोठालोको पहिलो शाखाको उद्घाटन भएको छ ।
धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको गोठालोले कभर्डहल चोक (पुरानो एयरक्र्याफ्ट म्युजियम रहेको स्थान)मा नयाँ शाखाको सुरुवात गरेको छ । केक र नास्ताको संगमका रुपमा सुरुवात गरिएको गोठालोको पहिलो शाखाको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गरेका छन् ।
पछिल्लो समय गोठालोले सुरुवात गरेको भेज केक र विभिन्न अर्गानिक नास्ताका परिकारहरु सुदूरपश्चिम लगायत देशभरिमै नौलो प्रयास रहेको र यो प्रयासमा आफू सधै सकारात्मक रुपमा सहयोग गर्न तयार रहेको उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले प्रतिबद्धता व्यक्त गरेका छन्।
गोठालोले केकका परिकारहरूमा पूर्णरूपमा भेज केक प्रदान गरिरहेको र अन्य नास्ताहरूमा कोदोको मःम मकैको मःम तथा विभिन्न परिकारका सुदूरपश्चिमका खानेकुराहरुलाई प्रवर्धन गरिरहेको र यसलाई निरन्तरता दिने गोठालोका सञ्चालकले जनाएका छन्।
गोठालोले आज उद्घाटनको दिन कोदोको केक पनि सुरुवात गरेको छ । पोषणयुक्त बाली कोदो स्वास्थ्यका लागि फाइदाजनक रहेकाले यसको प्रवर्धन गर्न खोजिएको बताइएको छ ।
नेपालमै पहिलोपटक कोदोको केक सुरु गरेको गोठालोले उद्घाटनको दिन कोदोको केक फ्री मै, अन्य केकहरुमा र कोदोको मःम मा ५०% छुट उपलब्ध गराउने जनाएको छ।
यस्तै ३० र ३१ गते अन्य सम्पूर्ण केकमा र कोदोको केकमा ५०% छुट रहेको गोठालोले जनाएको छ ।
असोज १ देखी १५ गतेसम्म गोठालोले कोदोको मःमः मा ३०% छुट दिने समेत जनाएको छ ।