धनगढी । कैलालीको धनगढीमा अर्ना इन्ज्री ड्रिंकको विक्री वितरण शुरु भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ हसनपुस्थित रहेको निसान्त सप्लायर्सले सो ड्रिंकको विक्री वितरण शुरु गरेको हो ।
यति वे्रवरीका विक्रेता स्वतन्त्र दाहालले भने –‘हामीले धनगढीमा अर्ना ड्रिंकको विक्री वितरण शुरु गरेको तीन दिन भएको छ । यसको स्वाद गुणस्तरिय रहेकोले माग बढ्दै गइरहेको छ । ग्राहकबाट प्रतिक्रिया पनि राम्रै आइरहेको छ ।’
उनले खेलाडी र खेल प्रेमीहरुलाई ध्यानमा राखेर सो इन्ज्री ड्रिंक बजारमा ल्याइएको बताए । सो ड्रिंकका बाहिरी कभर निलो रंगको रहेको छ भने बजारमा ९९ सय रुपैयाँमा विक्री भइरहेको उनको भनाई छ ।