धनगढी- कैलालीको धनगढीमा नगर बसको ठक्करबाट गम्बिर घाईते मनबहादुर भण्डारीको उपचारका क्रममा मृत्यु भएको छ ।
धनगढी-१४ फूलवारी स्थित साईनो चोक नजिकै बसको ठक्करबाट घाईते भएका स्थानीय ७५ वर्षिय भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीका सूचना अधिकारी डिएसपी कबिन्द्र बोहराले जानकारी दिएका छन् ।
उनका अनुसार बुधबार साँझ सु.प्र.प्र ०१-००१ ख ३६०८को नगर बसले भण्डारीलाई ठक्कर दिएको थियो । घाइते भण्डारीको सेति प्रदेशिक अस्पतालमा उपचारका क्रममा मृत्युभएको डिएसपी बोहराले बताएका हुन् । चलक र नगर बस प्रहरीले नियन्त्रणमा लिएको छ ।