धनगढी- धनगढीमा विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट डे मनाईएको छ।
नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशले हिजो र आज विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट डे मनाएको हो । फार्मासिष्ट डेका अवसरमा आज बिहान नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशद्वाराद्वारा राम जानकी मन्दिरमा पूजापाठ कार्यक्रम गरिएको नेपाल फार्मेसी सङ्घका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक नवीन धामीले बताएका छन् ।
त्यस्तै आज विभिन्न फार्मेसी पेशागत संगठन र भागेश्वर एकेडेमीको आयोजनामा भागेश्वर एकेडेमी, सेती प्रादेशिक अस्पताल, वडा प्रहरी कार्यालय हुँदै पार्कसम्म ¥याली निकालिएको संयोजक धामीले बताए ।
नेपाल फार्मास्यूटिकल एसोसिएसन सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा रहेको रेडक्रसमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदान कार्यक्रममा ३० पिन्ट रगत सङ्कलन भएको नेपाल फार्मास्यूटिकल एसोसिएसन सुदूरपश्चिमका सचिव महा ओमराज जोशीले बताए ।
त्यस्तै हिजो दिवसको पूर्वसन्ध्यामा धनगढीमा रहेको आसरा सुधार केन्द्रमा रहेका २५ जनाभन्दा बढीलाई फार्मासिस्ट महेश अर्यालले औषधिको सकारात्मक र नकारात्मक असर, लागूऔषध भनेको के हो ? लगायतको जानकारी प्रदान गरेका थिए । उक्त कार्यक्रममा न्युरो साइकाईट्रिक डाक्टर रामप्रसाद लामिछानेको काउन्सेलिङ सेसन रहेको थियो।
सङ्घले आज धनगढीमा रहेको साइनो एजुकेसनमा अन्तरक्रिया कार्यक्रम पनि गरेको छ भने आमाको माया छात्रवासमा शुभकामना आदानप्रदान, आरती र रात्रिकालीन भोजन गएर कार्यक्रमको समापन गरिएको कार्यक्रम नेपाल फार्मेसी सङ्घका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक नवीन धामीले बताएका छन्।