शान्तिप्रसाद जोशी , धनगढी - शाहानी परिवारले धनगढीमा सौभाग्य र इज्जतकी देवी माता कमलादेवीको पूजाआजा सम्पन्न गरेको छ।
मधेसी समुदायमा माता कमलापति ठूलो जनविश्वास रहेको पाइन्छ । मधेसका केही क्षेत्रमा मात्रै मनाइने कमला पूजा अहिलेको वर्ष भने धनगढी वडा नम्बर २ मा पनि मनाइएको छ। मधेसी समुदायमा कमला देवीलाई पानीकी देवीको रूपमा मानिने र कमलादेवीको पूजाआजा गरेमा वर्षभरि पानीबाट हुने नोक्सान कम हुने जनविश्वास रहेको नरेश शाहनीले बताए ।
यो पूजा सुदूरपश्चिमका लागि यो प्रयास नयाँ भएको र कमला पूजाको महत्व ठूलो रहिआएको शंकर शाहले बताए तस्तै पुरानो समयदेखि चलि आएको परम्परालाई अंगाल्दै आएको र यो पूजा गरेपछि घरमा सुख शान्ति रहने विश्वास रहिआएको बेसन शाहनीले बताए ।
माता कमला देवीलाई श्रीहरी भगवान विष्णुको शक्ति र माता लक्ष्मीको रूप मानिन्छ। आदर्श शक्तिका १० अवतारमध्ये दशौं अवतार माता कमलादेवीको हो। कमलादेवीको विशेष पूजा गर्नाले धन सिप ऐश्वर्य र ज्ञानको आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको पाइन्छ साथै गर्भवती महिलाको गर्भको समेत रक्षा गर्ने जनविश्वास रहिआएको पाइन्छ ।