धनगढीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

धनगढी - धनगढीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

धनगढी उपमहानगरपालिका-१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेकाे  से३ प५६९५ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर नालमा खसेकाे थियाे ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका-८ का  कृष्ण चाैधरीकाे शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

पछाडि सवार साेही ठाउँ बस्ने २८ वर्षका यादव चाैधरी सामान्य घाइते भएक छन् ।

ad_wide