धनगढीमा मेयर हमालका दुई वर्षः के–के भए महत्वपूर्ण प्रगतीहरु ?

धनगढी- धनगढीका मेयर गोपाल हमालको ५ वर्षे कार्यकालको २ वर्ष पुरा भएको छ। मेयर हमालले धनगढीका विभिन्न क्षेत्रमा केही प्रमुख क्षेत्रहरुमा के–के प्रगती गरे त बुधागत रुपमा तल प्रस्तुत गरिएको छ।

धनगढी उपमहानगरपालिकाको उद्योग तर्फको प्रगती

प्लाष्टिकको प्लेटको बिकल्प खोज्ने कार्यका लागी रोजगारी सृजना गर्ने उदेश्य अनुसार १९२ जनाका लागी दुना टपरी बनउने तालिम संचालन गरेको र हाल तालिम लिनु भएका समुहले उत्पादन गरेका दुना टपरी बजारमा विक्री वितरण भइरहेकोले दुना टपरी बनाउने समुहले दुना टपरी बाट आम्दानी गरी घर खर्च चलाई रहेका छन्।

यस्तै बजारमा प्लास्टिक ब्यागको विकल्पको रुपमा प्रयोग गर्ने फाईबर झोला बनाउने तालिम संचालन गरी रोजगारी सृजना भएको छ ।

शिक्षा तर्फ धनगढीमा दुई वर्षमा भएको प्रगती

धनगढी उप–महानगरपालिका नगर शिक्षा ऐन, २०७४ मा दोस्रो संशोधन गरेको छ। यस्तै आधारभूत तह कक्षा १–३ को पाठ्यक्रम छपाई गरी सबै विद्यालयहरुलाई निःशुल्क वितरण गरेको छ। आधारभूत तह (कक्षा १–८) को स्थानीय पाठ्यक्रम “ हाम्रो धनगढी“ स्थानीय पाठ्यपुस्तक लेखनको कार्य भईरहेको धनगढी उपमहनगरपालिकाले जनाएको छ। आधारभूत तह कक्षा ८ को परिक्षा प्रणालीमालाई व्यवस्थितरुपमा संचालन गर्ने परिपाटीको विकास गरिएको, विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्ने काम सम्पन्न गरिएको छ।

विद्यालयमा शिक्षक भर्नाका लागी हुने विज्ञापन सम्बन्धि सूचना र शिक्षक सरुवा सम्बन्धि १५ दिने सूचना अनिवार्य प्रकासित गरी उप–महानगरपालिकाको वेब साइड र फेसबुक पेजमा राख्न पर्ने व्यवस्था गरिएको छ। सम्पूर्ण सामुदायिक विद्यालयमा विधुतिय हाजिरी जडान गर्नेकामको सुरुवात गरिएको छ। सस्थागत विद्यालयहरुको बर्गिकरणका लागी सूचना प्रकाशित गरि आवेदन संकलन गरि बर्गिकरणको काम भैरहेको छ ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागी काठमाडौ विश्वबिधालय लगायतका संस्थासँग संग समझदारी भई कार्य अगाढी बढीरहेको छ। अघिल्लो शैक्षिक सत्रमा आधारभूत तहमा सुन्य नतिजा आएका र ५ वटा नमुना बिधालयहरुमा ८ कक्षामा नेपाली , अंग्रेजी , गणित र बिज्ञान विषयका अतिरिक्त कक्षा संचालनका लागी रकम निकासा गरिएको छ ।

विद्यालयमा समय समयमा बिभिन्न निकाय र संघ सस्थाहरु र समितिद्वारा अनुगमन गरिएको छ । नगर भित्रका सामुदायिक बिद्यालयको मासिकरुमा प्रगति ÷ असल अभ्यासको प्रष्तुतिकरण गर्ने कार्यको थालनी गरिएको छ उत्कृष्ट कार्यको प्रष्तुतिकरण गर्ने बिद्यालय लाई नगद पन्द्र हजार प्रमाण पत्र सहित सम्मान गर्ने कार्यको थालनी धनगढी उपमहानगरले गरेको छ।

स्वास्थ्य तर्फ धनगढीमा दुई वर्षमा भएको प्रगती

धनगढी उपमहानगरपालिकाले प्रतेक वडामा मासिक क्यालेन्डर तयार गरी जनरल फिजिसियन र स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सहितको वडा स्वास्थ्य क्लिनिक संचालन गरेको छ। यस्तै आमा बचाउँ अभियान कार्यक्रम अन्तर्गत वडा नं. १६, १८ र १९ मा २ वटा एम्बुलेन्सको व्यवस्था गरी गर्भवती सुत्केरी आमाहरुलाई उपमहानगरले निशुल्क सेवा प्रदान गरिरहेको छ। यो सेवा अन्तरगत धनगढीका ५८० जनाले सेवा प्राप्त गरेका छन्।

यस्तै डेंगु रोग नियन्त्रणका लागि १९ वटै वडामा महिला स्वास्थ्य स्वयम् सेवक परिचालन गरी लामखुट्टेको बासस्थान पत्ता लगाउने र लार्भा नष्ट गर्ने कार्य गरिएको छ । शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा , बाके संगको सहकार्यमा धनगढी उप–महानगरपालिका – ७ बेली सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा क्यान्सर हेल्थ क्याम्प संचालन गरिएकोथियो उक्त क्याम्पमा ८८८ जनाले सेवा लिएका थिए त्यस मध्ये ७३ जना बिरामीमा क्यान्सरको लक्ष्मण देखिएको थियो।

५ बर्ष मुनिका नियमित खोप लगाउन छुट भएका १८ जना र १८३ जना डिफल्टर भएका लबालिकालाइ खोजेर खोप लागाउने काम नगरपालिकाले गरेको छ। यसैगरि ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रममा कुल ४६९९ जना गर्भवतीले अल्ट्रासाउण्ड जाच गराउनुभएको छ ४८ जनामा गर्भवतीमा जटिलता फेला परे पश्चात रेफर गरिएको छ ।

दादुरा रुवेला खोप अभियाबाट ९ महिना देखी १५ बर्ष सम्मका कुल ६१७६४ जनालाई दादुरा रुवेला खोप लगाइएको छ । निशुल्क अकुपंचर, फिजियोथेरापी, प्राकृतिक चिकित्सा शिविरबाट ५६२ महिला र २३९ पुरुष गरी कुल ८०१ जना (नया ४७७ र फलोअप ३२४) ले धनगढीबाट अकुपंचर, फिजियोथेरापी र प्राकृतिक चिकित्सा सेवा प्राप्त गरेका छन्।

सिकलसेल तथा थालासिमिया रोगको स्क्रनिङ तथा परिक्षण कार्यक्रम(सेती प्रादेशिक अस्पतालको सहकार्यमा)कुल परिक्षणः ३५१ शंकास्पदः ६० मध्ये २ जना सिकलसेल रोगी धनगढी उपमहानगरपालिकाले पत्ता लगाएको छ।

धनगढी उपमहानगरपालिकाले दुई वर्षमा खानेपानि तथा सरसफाइको क्षेत्रमा गरेका काम

धनगढीमा १ देखी १९ वटै वडाका टोलहरुमा सामाजिक परिचालकहरुको अगुवाइमा सरसफाई सम्बन्धि अभियान संचालन गरिएका छन्। उपमहानगरपालिकाले नगर भित्रका विद्यालयहरुमा सरसफाई सम्बन्धि कार्यक्रम संचालन गरिदै आएको छ । कुहिने र नकुहिने फोहर लाई श्रोतमै बर्गिकरण गरेरमात्र संकलन गर्ने गरिएको छ। नकुहिने फोहरलाई सुक्ष्म बर्गिकरण केन्द्रमा लगेर बर्गिकरण गर्ने गरिएको छ । सुक्ष्म बर्गिकरण केन्द्रमा संकलित फोहर बिक्रीवितरणका लागी सूचना प्रकासन गरिएको छ।

धनगढी उप–महानगरपालिका वडा नं. १ देखी १९ सम्मका वडाहरुमा सामाजिक परिचालनका माध्यमबाट घरबाट उत्पादन हुने फोहर बर्गिकरण गर्ने श्रोतामै फोहर घटाउने र व्यवस्थित रुपमा बिसर्जन गर्ने कार्यको सुरुवात धनगढीले गरेको छ। बजारमा फोहर संकलन गरि ढुवानी गर्ने प्रयोजनका लागी गार्वेज कलेक्टर खरिद गरि संचालनमा ल्याइएको छ। बजार क्षेत्रमा निर्माण हुने सार्वजनिक शौचालयको डिजाइन गर्न डिजाइनर प्रतिष्पर्धा गराई शौचालयको डिजाइन छनौट धनगढीले गरेको छ।

उप–महानगरपालिकाको फोहर सङ्कलन गर्ने जिम्मा निजि साझेदारीमा कार्यक्रम अन्तर्गत संचालन भैरहेको र टोल टोलमा फोहर लाई बर्गिकरण गर्न र फोहरलाई काम लाग्ने र नलाग्ने फोहर छुट्याउने तालिमहरु टोल विकास समुह मार्फत संचालन गरिएको छ।

धनगढी उपमहानगरले प्लाष्टिक न्यूनीकरण अभियानको थालनी गरिएको पोलिथिन झोला तथा प्लाष्टिकका वस्तु बिक्रि वितरण र प्रयोगमा प्रतिबन्ध लगाईएको छ। धनगढीले सरसफाई प्रवर्द्धन गर्न र प्लाष्टिकको प्रयोग घटाउने अभियानका लागी टिक टक प्रतिष्पर्धा गरेको थियो।

धनगढी उपमहानगरपालिकाले सडकको क्षेत्रमा दुई वर्षमा के–के काम गर्यो

धनगढी उपमहानगरपालिकाले विगत दुई वर्षमा सडकको क्षेत्रमा पनि राम्रो काम गरेको देखिएको छ। सडक तर्फ धनगढी उपमहानगरपालिकाले धनगढी उप–महानगरपालिका वडा नं. १ कैलाली पुल देखी धनगढी उप–महानगरपालिका वडा नं. ८ हुलाकी सडकको सुन्य बिन्दु सम्मको धनगढीको मुख्य सडकमा निर्माण गरिएका ४२८ घरहरु सम्बन्धित घरधनीज्यूहरुको सक्रियता हटाई ३० मिटर अधिकार क्षेत्र खालि गराएको छ।

धनगढी उप–महानगरपालिकाले वडा नं. १ कैलाली पुल देखी धनगढी उप–महानगरपालिका वडा नं. ८ हुलाकी सडकको सुन्य बिन्दु सम्मको धनगढीको मुख्य सडक लाई सुबिधा सम्पन्न शहरी सडक निर्माण गर्न सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरी प्रदेश सरकार बाट सडक निर्माण कार्यको सुरु गरेको छ।

बर्षातको समयमा धनगढीमा खोलानाला बन्द हुने निर्माण सामग्री उठाउन नमिले र सडकमा खाल्टा खुल्टी परेर यात्रा गर्दा कठिन हुने भएकोले त्यस्तो समस्या आउन नदिन पर्याप्त मात्रामाउप–महानगरपालिकाको टिप्परद्वारा ग्राभेल स्टक राखिएको छ । धनगढीले नगर भित्रका सडकलाई सुचारुरुपले संचालन गर्ने कार्यका लागी आवश्यक भएका ठाउँमा नगरपालिका संग भएका टिप्पर तथा ब्याको लोडर प्रयोग गरि मागका आधारमा १ देखी १९ वटै वडामा ग्राभेल गरि मर्मत गर्दै आइरहेको छ ।

नयाँ जग्गामा प्लटिंग गरि बस्ति बसाउने प्रयोजनका लागी खोलिएकासडकहरुमा कित्ताकाट पुर्व बर्षातको समयमा निर्वाधरुपमा आवागमन गर्न मिल्ने गरी सडक ग्राभेल गरे पश्चात मात्रै कित्ताकाट अनुमति दिने व्यवस्था गरिएको छ।

धनगढीमा कब्जा गरिएको ताल तलैयालाई हाफ्नो प्राकृतिक स्वरुपमा फर्काउँदै उपमहानगर

यस्तै धनगढी उपमहानगरपालिकाले २ वर्षमा गरेका प्रगती मध्ये एक महत्वपूर्ण प्रगती कब्जा गरिएको ताल तलैयालाई हाफ्नो प्राकृतिक स्वरुपमा र्फकाउनु हो। जसमा धनगढी उप–महानगरपालिका – ७ मा रहेको सडुवाबाबा र अन्टा तालालाई अतिक्रमण गरि निर्माण गरिएका ÷ निर्माण हुदै गरेको ५६ पिलरको घरको पिलरहरु हटाई ताल लाई पुरानै अवस्थामा फर्काउने कामको थालनी भएको छ।

धनगढी उप–महानगरपालिका वडा नं. –३ बडहरा ताल गडैया सानो, गडैया ठुलो, धनगढी उप–महानगरपालिका वडा नं. ६ मा रहेको कफनी ताल, डमरुहवा ताल, डावरा ताल, धनगढी उप–महानगरपालिका वडा नं १३ मा रहेको, मटकन्ना ताल, धनगढी उप–महानगरपालिका – १३ मा निर्माणाधीन अवस्थमा रहेको रानाथारु संग्राहलयको अतिक्रमण हटाई पर्खाल निर्माण पनि उपमहानगरपालिकाले जनाएको छ। धनगढीका मेयर गोपाल हमालका अनुसार बाँकी अतिक्रमणमा रहेका तालहरुलाई पनि छिट्टै खाली गराइने छ।

ad_wide